प्रकाशित पुस्तकहरू

खश साम्राज्य र बाैद्ध धर्मकाे उत्थान र पतन

पश्चिम नेपालकाे कर्णाली क्षेत्रस्थित सिंजा उपत्यकालार्इ राजधानी बनार्इ र्इशाकाे बाह्राैं शताब्दीमा तिब्बतकाे खारी प्रदेशका राजा नागराजले स्थापना गरेकाे खश साम्राज्य धार्मिक रूपमा मूलतः बाैद्ध साम्राज्य थियाे । यी राजा र यिनका उत्तराधिकारीहरूले बाैद्ध धर्मलार्इ पूर्ण राजकीय संरक्षण दिएका थिए । पहिले नै बाैद्ध धर्मकाे प्रवेश भइसकेकाे खशान क्षेत्रमा खश साम्राज्य स्थापनापछि बाैद्ध धर्मले धेरै मात्रामा उन्नति गरेकाे थियाे । तर चाैधाैं शताब्दी अाइपुग्दासम्ममा याे साम्राज्यकाे विघटन हुनुका साथै बाैद्ध धर्ममाथि पनि धेरै नकारात्मक प्रभाव परी अन्ततः पतन नै भयाे । पुस्तक 'खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन' मा खश साम्राज्यकाे इतिवृत्तान्त, बाैद्ध धर्मकाे स्थिति र साम्राज्यसँगै याे धर्मकाे पनि पतन कसरी र किन भयाे भन्ने विषयवस्तु समेटिएकाे छ । प्रकाशमा अाइनसकेका कतिपय प्रसंग र व्याख्याले पुस्तकलार्इ एेतिहासिक दृष्टिले थप राेचक बनाएकाे छ ।
(मूल्य ३००/-)
बुद्धको आत्मकथा 
गौतम बुद्ध आफैले आफ्नो जीवनबारे कुनै पुस्तक लेखेर गएका छैनन् । तर विभिन्न प्रसंगमा विभिन्न ठाउँहरूमा उपदेश दिंदा र प्रसंगवश कसैसँग कुरा हुँदा आफ्नो जीवन बारेमा बताएका थिए । बुद्धका उपदेशहरू संकलन गर्ने क्रममा जीवनसम्बन्धी ती कुराहरू पनि संकलन गरिए । संकलिन ती जीवनका प्रसंगहरू प्रथम पुरुषमा नै रहेका छन् । तर ती एक ठाउँमा नभएर त्रिपिटकअन्तर्गतका विभिन्न ग्रन्थहरूमा छरिएर रहेका छन् । तिनै विवरणको आधारमा बुद्धको जीवनी पुस्तक लेख्ने तथा चर्चा गर्ने गरिएको हो । प्रथम पुरुष शैलीमा बुद्ध आफैले आफ्नो जीवनका बारेमा बोलेका र छरिएर रहेका ती सामग्रीहरू एकत्रित गर्नुका साथै नेपाली भाषामा अनुवाद गरी ‘बुद्धको आत्मकथा’ प्रस्तुत गरिएको हो । सन्दर्भ सामग्रीसहित बुद्धको बारेमा बुद्धबाटै सो विवरण थाहा पाउनुको आनन्द बेग्लै हुन्छ ।
(मूल्य ६०/-) 
गौतम बुद्ध
बुद्धको जीवनी मात्र थाहा पाउँदा पनि धर्मका धेरै कुराहरू थाहा पाइने हुन्छ । यही भएर मान्छेहरू बुद्धको जीवनी पनि पढ्न मन पराउँछन् । बुद्धका जीवनी पुस्तकहरू धेरै थरीका प्रकाशित छन् तर सबैले एउटा विवरण दिएको पाइँदैन । कसैले अलौकिक पक्षमा जोड दिएका छन् भने कसैले जनमानसलाई रोचक हुने कुराहरू पस्कने क्रममा अन्य चरित्रका कुराहरू बुद्धसँग जोड्न ल्याउने गरेको पनि पाइन्छ । इन्साइट पब्लिकेशनबाट प्रकाशित जीवनी पुस्तक ‘गौतम बुद्ध’ मा प्राचीन बौद्ध वाङमयहरूमा आधारित भई पछि थपिएका कुराहरू केलाएर हटाउने काम भएको छ । पुस्तक लेखनका क्रममा ती मौलिक वाङमयमा आधारित भई ऐतिहासिक तथा पुरातात्विक प्रमाणहरू खोज्ने काम भएको छ ।
(मूल्य १८०/-) 
बुद्ध र महिला 
समाजमा महिला वर्गलाई हेर्ने दृष्टिकोण सँधै एउटै भएन । बुद्धकालिन समयमा महिलाप्रतिको धारणा भन्नु र महिलाप्रति बुद्धको धारणा भन्नु एउटै कुरा होइन । बुद्धको समय वैदिक मान्यताको प्रभावबाट मुक्त भइसकेको थिएन तर बुद्ध त्यस्तो प्रभावको विरुद्धमा थिए । वैदिक मान्यताअन्ुसार समाजमा महिलाको स्थान बेग्लै थियो र वैदिकहरू त्यसको औचित्य साबित गर्न खोज्दथे । महिलामाथि अनेकौं बन्देजहरू थियो । महिलाले प्रवज्या लिन पाइँदैनथे । बुद्ध पनि सुरुमा महिलालाई प्रव्रज्या दिने पक्षमा थिएनन् तसर्थ महिलालाई भिक्षुणी नबनाई भिक्षु संघको मात्रै संचालन गरिरहेका थिए । तर पछि महिला वर्गको व्यापक दवावका कारण भिक्षुणी संघको स्थापना भयो । महिलालाई प्रव्रज्या दिन अनिच्छुक भएकै प्रसंग झिकेर गैरबौद्धहरू बुद्ध महिलामाथि पक्षपात गर्दथे वा महिलाका सम्बन्धमा बुद्ध उदार थिएनन् भन्ने आरोप लगाउने वा खिसी गर्छन् । तर वास्तविकता उक्त आरोपभन्दा निकै टाढा रहेको छ । धर्मको सवालमा महिला र पुरुषबीच कुनै फरक नभएको, समान रुपमा धर्मलाभ गर्न सक्छन् भन्ने उद्घोष गर्ने गौतम बुद्ध नै हुन् । यस अनुसार थुप्रै महिला भिक्षुणी भई धर्मलाभी बनेका थिए । भिक्षुणी परम्परा बसाल्न किन बुद्ध अनिच्छुक भएको भन्ने प्रसंगमा तत्कालीन ऐतिहासिक पृष्ठभूमि सहितको विवेचना, महिलासम्बन्धी छलफल र धर्मलाभी प्रसिद्ध महिलाहरूको जीवन प्रसंग समेटेर ‘बुद्ध र महिला’ प्रकाशित गरिएको हो ।
(मूल्य १५०/-)

बुद्ध एक भ्रम अनेक

कुनै पनि व्यक्ति जब समष्टिका लागि महत्वपूर्ण हुन्छ, उनका बारेमा विभिन्न थरीका कथाकहानी तथा किम्बदन्ती तथा लोकोक्तिहरूको सिर्जना हुन थाल्छन् र मान्छेहरू बढाइचढाइ कुरा गर्न थाल्छन्, जुन नौलो होइन । यसबाट वास्तविकता ओझेलमा पर्ने मात्रै नभएर विकृति नै बढाइदिने र समस्यामा पार्ने संभावना हुन्छ । प्रसंशाका क्रममा निस्कने यस्ता अतिरञ्जित कुराहरूले कतिपय मान्छेमा अरुची पनि पैदा गरेको हुन्छ । बुद्धका सम्बन्धमा पनि अनेकौं भ्रमहरू पुस्तक तथा पत्रपत्रिकाहरूमा नै छापिन थालेपछि सर्वसाधारणमा मात्रै नभएर बौद्धिक जमातमा नै पनि अन्यौल तथा समस्या सिर्जना भएको छ । केही भ्रमलाई चिर्ने प्रयास ‘बुद्ध एक भ्रम अनेक’ पुस्तकमा भएको छ ।
(मूल्य १२५/-)
लुुम्बिनी: ऐतिहासिक तथा पुरातात्विक अध्ययन 
गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेको हो भनेर प्रमाणित गर्ने एउटै मात्र आधार पुरातात्विक अवशेषहरू हुन् । यसको अभावमा कुनै बेला बुद्धको जन्मस्थलको अनुमान अन्यत्र नै गरिएको थियो । कसैले नेपालमा जन्मेको भन्ने अनुमान गरेकै भएपनि त्यसको आधार हुन्नथ्यो, विवाद कायमै हुन्थ्यो । तर सन् १८९६ मा अशोकस्तम्भमा रहेको अभिलेख भेटियो, लुम्बिनी अन्यत्र होइन, नेपालमा नै पर्दछ भन्ने कुरा यसबाट छर्लङ्ग भयो । अभिलेखमा यहाँ शाक्यमुनि बुद्ध जन्मेको भन्ने कुरा मात्रै छैन, यो ठाउँको नाउँ लुम्बिनी भनेर पनि उल्लेख भएको छ । पुस्तकमा लुम्बिनीस्थित पुरातात्विक अवशेषहरूको कालक्रमिक अध्ययन गरिएको छ ।
(मूल्य ३७५/-) 
गन्तव्य लुम्बिनी 
बुद्धसँग सम्बन्धित स्थलहरू ऐतिहासिक तथा पुरातात्विक महत्वका छन् । बौद्धहरू यी स्थलहरूमा पुगी श्रद्धा व्यक्त गर्न पाउँदा पुण्य कमाएको अनुभूति गर्दछन् । साथै यी स्थलहरू पर्यटकीय गन्तव्य पनि हुन् । तसर्थ ती ठाउँहरूमा बौद्ध मात्रै पुग्नु पर्दछ भन्ने छैन र संसारभरका गैर बौद्धहरू यी ठाउँका भ्रमण गरेर ज्ञान आर्जन गर्दछन् । नेपालस्थित बुद्धसँग सम्बन्धित ठाउँहरू मुख्यतः लुम्बिनी, कपिलवस्तु, देवदह, रामग्राम हुन् । यी स्थलहरूको भ्रमण गर्न र जानकारी लिन ‘गन्तव्य लुम्बिनी’ एउटा भरपर्दो माध्यम हो । पुस्तकमा कतिपय अनर्गल कुराहरूलाई खण्डनसहित जानकारी प्रस्तुत गर्ने प्रयास भएकोले यो पुस्तक पाठकका लागि थप उपयोगी हुुुन्छ ।
(मूल्य ६०/-)